तराई भूभागका केही ठाउँमा हुस्सु र कुहिरो


काठमाडौँ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहने देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।