बन्दिपुर केवलकारको २.६४ कित्ता सेयरको लकइन अवधि फागुनमा समाप्त हुँदै


काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ ।

सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको २ लाख ६४ हजार ७०० कित्ता सेयरको लक इन अवधि फागुन २९ गते समाप्त हुन लागेको हो ।

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

संस्थाले गत भदौ ११ गतेदेखि भदौ १५ गतेसम्म सर्वसाधारणका निष्काशन गरिएको आईपीओ बाँडफाँड गत भदौ ३० गते भएको थियो ।