म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)मा अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन


काठमाडौँ । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)मा हेमकुमार अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

म्यानको ४५ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो ।

म्यानको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, महासचिवमा इन्द्रकुमार श्रेष्ठ र कोषाअध्यक्षमा चङ्की क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यमा अनु जोशी, बुद्धीकुमार मल्ल, बाबुराम शर्मा, अरुणकुमार सिग्देल, धर्मानन्द अवस्थी चयन भएका छन् ।

यस्तै कृष्णप्रसाद शर्मा, कृष्णकुमार भट्टराई,उर्मिला श्रेष्ठ,महेश शर्मा ढकाल, देवेन्द्र रमण खनाल, पार्वतकुमार कार्की र मधु पौडेल पनि सदस्यमा चयन भएका छन् ।