काठमाडौँ । झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
सोमबारराति विर्तामोड नगरपालिका- २ चारपाने लालमाटीमा करेन्ट लागेर २८ बर्षिय राजिव राजबंशीको मृत्यु भएको हो ।
सोहि स्थानको ओमकार रेडिमेट कङ्क्रिट प्रालिमा कामदार रहेका राजबंशीको मिक्चर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
मिक्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्