काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सुन तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार प्रतितोला १० रुपैयाँले घटेर तोलाको ५ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्