बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी स्याङ्जाबाट पक्राउ


काठमाडाैँ । कास्कीमा दर्ता भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले स्याङ्जाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भई फरार रहेकी स्याङ्जा जिल्ला साविक मल्याङ्कोट गाविस–३, हाल चापाकोट नगरपालिका–३ बस्ने २९ वर्षीया सुनिता गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले खोजतलास गर्ने क्रममा उनलाई साेमबार वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी गुरुङलाई आवश्यक कारबाहीका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ।