दोहोरो अंकले घट्यो, साढेँ ८ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो.अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ४५ करोड २८ लाख ४२ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज कालिञ्चोक दर्शनका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले बढेको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट र्बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.२४ प्रतिशतले घटेको छ ।

कुल ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।