काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख ६ हजार ५०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेर ५ हजार ३४० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्