काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ अंकमा पु्गेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार नेप्सेमा न्याग्दी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ७० करोड ५३ लाख २९ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, कालिञ्चोक दर्शनका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.५९ प्रतिशतले घटेको छ ।
कुल ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्