सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ।

यो मूल्य बिहीबारको तुलनामा प्रतितोला तीन हजार रूपैयाँले कम हो। बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ। यसले अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रूपैयाँको गिरावट देखाएको छ।