प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने


काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि नेपाली कांग्रेस ले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीकाअनुसार प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम फागुन ३ गते (आइतबार) दिउँसो २ बजे आयोजना गरिनेछ।

पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज चालिसेले उक्त कार्यक्रममार्फत निर्वाचनका लागि पार्टीको प्रतिबद्धता सार्वजनिक गरिने जानकारी दिएका छन्।