महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो (फाेटाे फिचर)


काठमाडौँ । फागुन कृष्ण चतुर्दशीको दिन आज देशभरका शिवालयमा जस्तै भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि आराध्यदेव भगवान् शिवको विशेष पूजा–आराधना गरी महाशिवरात्री पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

डोलेश्वर महादेव मन्दिरमा दर्शन र पूजा–आराधनाका लागि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।

फाल्गुण कृष्ण चतुर्दशीमा मनाइने यो पर्वलाई दिनदुःखी र कष्टग्रस्त प्राणीहरूको हृदयमा धर्मको उज्यालो फैलाउने आशुतोष भगवान शिवको विशेष दिनका रूपमा पनि लिइन्छ।