रिज लाइन इनर्जीको आइपिओ भर्ने आज अन्तिम दिन



काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा आवेदन दिने समय आज सकिदैछ ।

कम्पनीले गत माघ २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

कुल निष्कासित सेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि तथा २८ हजार ४४० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।

सोही अनुमति अन्तर्गत पहिलो चरणमा कम्पनीले गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ जारी गरेको थियो ।

आज कार्यालय समयसम्म रिजको आइपिओ भर्न सकिने छ ।