आजका लागि विदेशी मुद्राको विनिमयदर तय,अमेरिकी डलर कति छ ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७५ पैसा र बिक्रीदर १४५ रुपियाँ ३५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ७४ पैसा र बिक्रीदर १७२ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपियाँ ५५ पैसा र बिक्रीदर १९८ रुपियाँ ३७ पैसा छ ।

चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९५ पैसा र बिक्रीदर २१ रुपियाँ ०४ पैसा, साउदी अरबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६० पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपियाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ र बिक्रीदर ३७७ रुपियाँ ५६ पैसा तोकिएको छ ।