काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
प्रसाईंलाई प्रहरीले सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
भट्टराईलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
प्रसाईं माघ २३ गते काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेर माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए ।
प्रसाईंलाई निर्वाचन आयोगको पत्रकाआधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाई पटक पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्