काठमाडौं । माछापुच्छ्रे बैंकलाई नेपाल धितोपत्र बोर्डले अग्राधिकार सेयर गर्न अनुमति दिएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको हो । नेपाल
बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ । माछापुच्छ्रे बैंकले यो अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ ।
माछापुच्छ्रे बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्