काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफनो पार्टीले आसन्न निर्वाचनमा पाँच वर्ष स्थायी सरकार चलाउने म्याण्डेटको अपेक्षा गरेको बताएका छन् ।
बुधवार सुदूरपश्चिमको धनगढीका आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् । सभापति लामिछानेले जनताको अधिकारलाई माग बनाएर चुनावी घोषणा पत्रमा बल्ढयाङ्ग्रे अक्षरले लेख्ने तर पूरा नगर्नेहरूको युगलाई आफूहरूले अन्त्य गर्न चाहेको समेत बताए ।
सभापति लामिछानेले आम मतदाताले अब चुनावका बेला गरिएका वाचा पूरा नगर्नेहरुलाई आसन्न निर्वाचनमा सजाय दिनुपर्ने समेत बताए।
चुनावका बेला जनतासँग गरिएका वाचा पूरा नगर्ने विकृति अव नचल्ने सभापति लामिछानेको भनाइ थियो । सभापति लामिछानेले राजनीतिमा देखिएको तमाम खालको विकृतिको अन्त्य गर्न आफूहरू प्रतिवद्ध रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्