संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ ओटै जिल्लामा कांग्रेसलाई जिताउन निधीको अपिल


काठमाडाैँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गरेका छन् ।

बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता निधीले यस्तो बताएका हुन् । उनले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही नभएको आरोप लगाए ।

उनले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्ने जिकिर गरे । निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस भएको दाबी  गरे ।

उनले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले मधेशको अधिकार र समृद्धिका लागि कांग्रेसले निरन्तर काम गर्दै आएको दाबी गर्दै घर–घरमा पुगेर पार्टीका पक्षमा मतदान गर्न अपिल नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे । उनले नयाँ भनिएका दलहरु मधसवासीको भावनासँग खेलन खोजिरहेको आरोप लगाउँदै त्यसतर्फ सचेत हुन समेत सबैमा आग्रह गरे ।