काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् ।
बिहीवार काठमाडौँमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गरे ।
अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उनले प्रतिज्ञानन गरे । करका सबै प्रकारका दरहरूलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उनले सुनाए ।उनले संविधान कार्यान्वयनका लागि हामी प्रतिवद्ध रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्