कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । विहीबार प्रतितोला ३ लाख ४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ५ हजार ५० रूपैयाँ कायम भएको छ ।