काठमाडौँ । नेपालको वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को माघसम्म नेपालले ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रूपैयाँ बराबर वैदेशिक व्यापार गरेकोमा आर्थिक वर्ष २०८२/८३ मा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३० हजार रूपैयाँ बराबर रहेको छ ।
नेपालको आयात १३.६५ प्रतिशतले बढेको छ । चालु आर्थिकको ७ महिनामा नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रूपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रूपैयाँ बराबरको आयात गरेको थियो ।
यस्तै, नेपालले चालु आर्थिक वर्षको ७ महिनामा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रूपैयाँ बराबरको निर्यात गरको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब २७ लाख २० करोड ४८ लाख २९ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।
यस्तै, नेपालको व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रूर्पैयाँ बराबर रहेको व्यापार घाटा चालु आर्थिक वर्षमा ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख ८९ हजार रूपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्