काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ३ लाख ४ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख १० हजार ३०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३७५ रूपैयाँले बढेर ५ हजार ४२५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्