काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार नेप्सेमा आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ६३ करोड ४२ लाख ४० हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.९२ प्रतिशतले घटेको छ ।
कुल ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख ७२ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्