विदेशी मुद्राहरूको विनिमयदर निर्धारण,डलरको मूल्य स्थिर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका कतिपय मुद्राको विनिमयदर भने बढेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा छ ।

युरो १ को खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा, अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा छ ।

यस्तै कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७९ रुपियाँ ४० पैसा तोकिएको छ ।