कांग्रेसका पक्षमा माहोल बनिरहेको छः महामन्त्री पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ बस्ने धौलागिरीवासीहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासको १० भिजनका साथ अघि बढेको पार्टीका उम्मेदवारहरुका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।

“देशैभर सकारात्मक माहोल बनिरहेको छ,” उनले भने,”यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बनेको छ ।”

कार्यकर्ता र आम नागरिकको अपेक्षा अनुसार कांग्रेस नीतिगत रुपमा प्रष्ट भएको र देश बदल्ने भिजनमा समेत प्रष्ट भएकाले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र सुभेच्छुक सबै लाग्नुपर्ने उनले बताए ।

महामन्त्री पौडेलले सामाजिक सञ्जाल समेत विचार राख्न प्रभावकारी माध्यम भएकाले पार्टी रुपान्तरण र भिजनका विषय प्रचारमा सक्रियता बढाउन कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरे ।