काठमाडौँ । सरकारले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि आइतबार निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्