कालिञ्चोक हाइड्रोपावरको आईपीओ आजदेखि खुला


काठमाडौँ । कालिञ्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गरेको छ।

कम्पनीले ५५ करोड रुपैयाँ जारी पूँजीको २५ k|ltzt बराबर १३ करोड ७५ लाख रुपैयाँका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको थियो।

जसमध्ये ५ लाख ५० हजार कित्ता दोलखाको विगु–८ र कालिञ्चोक–१ तथा २ का प्रभावित बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा फागुन २७ (ढिलोमा चैत १२) र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १७ (ढिलोमा फागुन २७) सम्म खुला रहनेछ।