काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म लघु जीवन बिमकले ६३ करोडभन्दा बढीको व्यापार गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले माघसम्म २३ लाख ५५ हजार ८४४ओटा बिमालेख जारी गरेर ६३ करोड ७५ लाख २५ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।
जसमा सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफको रहेको छ। यो कम्पनी ५ लाख ५९ हजार २६९ ओटा बिमालेख जारी गरेर २२ करोड ८१ लाख ६९ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्ककलन गरेको छ।
यसैगरी गार्डियन माइक्रो लाइफले १४ लाख ३२ हजार ६८७ ओटा बिमालेख जारी गरेर २२ करोड ७३ लाख ४७ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ३ लाख ६३ हजार ८८८ ओटा बिमालेख जारी गर्दै १८ करोड २० लाख ९ हजार रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्