१० अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बुधबार सेयर मापक परिसूचक नेप्से परिसूचक १०.३० अंकले बढेर २६३८.९० मा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
आजको दिन आँखुखोला जलविद्युत् आयोजनाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ६९ लाख बढिको कारोबार भएको हो ।
आजको दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९ सय ८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।