गगन थापाप्रति रविको कटाक्ष– ‘प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेछ’


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गरेका छन् । 

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गरेका हुन् । उनले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गरे । उनले नेपाललाई मागिखाने नभई गरी खाने देश बनाउने प्रतिवद्धता व्यक्त गरे । 

उहाँले भन्नुभयो, “ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनु होला ।”

उनले पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल समेत गरे ।