काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ ।
इरानी समाचार संस्था तसनीम र फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीको मृत्यु भएको दाबी गरे पनि इरानी अधिकारीहरूले अस्वीकार गरेका थिए । अमेरिका र इजरायलले हिजो इरानमा संयुक्त आक्रमण गरेका थिए ।
आक्रमणका क्रममा सर्वोच्च नेता खामेनीको मृत्यु भएको पुष्टि भएको छ ।
खामेनीको मृत्यु भएपछि इरान सरकारले ४० दिनको सार्वजनिक शोक घोषणा गरेको छ ।
अमेरिका र इजरायलले तेहरानको युनिभर्सिटी स्ट्रिट र जोम्हुरी क्षेत्रमा, साथै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सको मुख्यालय नजिकै रहेका स्थानहरूमा मिसाइल आक्रमण गरेका थिए ।
इरानको राजधानीमा भएको एक आक्रमण सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको कार्यालय नजिकै थियो । साेही आक्रमणमा खामेनी मारिएकाे हुनसक्ने आकलन छ ।


प्रतिक्रिया दिनुहोस्