काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि उक्त लाभांश प्रस्ताव गरेको संस्थाले जनाएको छ ।
बैठकले आर्थिक वर्ष २०८१र८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०।५० प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि०गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने र त्यसपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्ने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्