काठमाडौँ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।
फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासन गर्ने क्रममा आवश्यक कागजात तथा नियमनकारी निकायसँग पत्राचार गर्ने तथा आवश्यक अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको नाम परिवर्तन गर्ने जस्ता विशेष प्रस्तावहरु पारित गरिनेछन् ।
यस्तै सभामा गत आवको वित्तीय विवरण र सञ्चालक समितिको वार्षिक प्रतिवेदन समेत पारित गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्