१८ वर्षपछि नेकपा(माओवादी)का महासचिव विप्लवले गरे मतदान


रोल्पा । नेकपा(माओवादी)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले मतदान गरेका छन् ।

महासचिव विप्लवले रोल्पाकाे परिवर्तन गाउँपालिका –३ बालशिक्षा मावि, थुनिकोटमा रहेको मतदान केन्द्रबाट पहिलाे मतदान गरेका हुन् ।

विप्लवले तत्कालीन नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएपछि २०६४ सालमा मतदान गरेका थिए । त्यसपछि एकैचोटी अहिले (२०८२)मा मतदान गरेका हुन् ।

उनले मतदानपछि भने,“२०६४ मा एउटा विद्रोह गरिएको थियो, २०८२ मा अर्को विद्रोह गरियो । जनतामा धेरै उत्साह नभए पनि राम्रो भएको छ ।”

२०६४ पछि भने विप्लव लगातार चुनाव वहिष्कारमा थिए । नेकपा (माओवादी)ले यसपटक चुनावमा भाग लिएको छ । रोल्पामा चुडामणि वली प्रतिनिधि सभाका उम्मेदवार छन् । विप्लव भने उम्मेदवार छैनन् ।