काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आम मतदातालाई अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आज फागुन २१ का दिन मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबैलाई आह्वान गरेकी हुन्।
उनले लेखेकी छन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।”
प्रधानमन्त्री कार्कीले प्रत्येक मतले देशको भविष्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन मतदातासँग अपिल गरेकी छन्।
साथै, शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन मतदाताले देखाएको संयम र समझदारीप्रति आभार व्यक्त गर्दै उनले जिम्मेवार नागरिकको रूपमा मतदानमा सहभागी हुन पुनः आग्रह गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्