निर्वाचनले लोकतन्त्र सुदृढ र देशलाई स्थिरता दिनुपर्छ : ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताएका छन् ।

बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै केपी शर्मा ओलीले अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा निर्वाचनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।

उनले लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही मार्गमा फर्काउँदै देशलाई स्थिरता, स्थायित्व र सुशासनतर्फ अघि बढाउनुपर्ने उल्लेख गरे। देशको शान्ति, सुव्यवस्था तथा राष्ट्रिय हितको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै उनले देशको अस्तित्व, स्वाधीनता र राष्ट्रिय हितको संरक्षण तथा संवर्द्धनमा निर्वाचनले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखे।

ओलीले यस निर्वाचनले देशमा लोकतन्त्रलाई थप मजबुत बनाउनुका साथै अराजनीतिक र अराजक क्रियाकलाप तथा हिंसात्मक प्रवृत्तिहरूलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा योगदान गर्नुपर्ने बताए। लोकतान्त्रिक प्रक्रियामार्फत संविधानलाई सही मार्गमा ल्याउँदै देशलाई स्थिरता र सुशासनको बाटोमा अघि बढाउनुपर्ने उनकाे भनाइ थियो।

उहाँले देशको शान्ति, सुव्यवस्था, स्वाधीनता र राष्ट्रिय हितको रक्षा अहिलेको महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्दै शान्ति, सुशासन र विकासका पक्षमा रहेका अनुभवी तथा देशभक्त नेतृत्वलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष आह्वान समेत गरे ।