काठमाडौँ । स्याङ्जा जिल्लामा हालसम्म करिब ४६ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म भएको मतदानमा ४६.०७ प्रतिशत मत खसेको हो ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार हालसम्म १ लाख १४ हजार ७ सय १८ मत खसेको छ ।
मतदान गर्नेमा ६१ हजार ७ सय ४८ महिला र ५२ हजार ९ सय ७० पुरुष रहेका छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा कुल २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेका छन् ।
जिल्लाका विभिन्न मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उपस्थिति देखिएको थियो भने अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्