काठमाडौँ । अहिलेसम्म एउटा निर्वाचन क्षेत्रको परिणाम आएको छ भने ५३ ओटामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ क्षेत्र नम्बर १ को नतिजा आएको छ जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना निर्वाचित भएकी छन् ।
अन्यत्र मत गणना भइरहेका ठाउँमा ४२ ठाउँमा रास्वपा, ४ ठाउँमा नेपाली कांग्रेस, ४ ठाउँमा नेकपा एमाले, २ ठाउँमा नेपाली कम्युनिस्ट पार्टी र १ ठाउँमा श्रम संस्कृति पार्टीले अग्रता लिइरहेका छन् ।
१६५ निर्वाचन क्षेत्रमा अन्य ठाउँमा पनि मत गणनाको तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्