काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठकले अग्रता बढाएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछ्याइरहेका छन् । पाठकले २२८१ मत ल्याउँदा अध्यक्ष लिङ्देनले १६०० मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ६२०, कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ५१० र नेकपाका डिल्लीराम घिमिरेले ७० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्