काठमाडौँ। स्याङ्जा क्षेत्र नं. २ मा मतगणना प्रक्रिया अघि बढाउन स्याङ्जा जिल्ला निर्वाचन कार्यालयले सर्वदलीय बैठक सुरू गरेको छ।
निर्वाचन आयोगको निर्देशन अनुसार बोलाइएको बैठकमा सबै दलका प्रतिनिधिहरू सहभागी भई मतपत्र गणना प्रक्रिया, सुरक्षा व्यवस्थाका साथै विवाद समाधानका विषयमा छलफल गरिरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
स्याङ्जा क्षेत्र नं. २ अन्तर्गत वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १७१ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो, जसका कारण मतगणना प्रक्रिया रोकिएको थियो। अब सर्वदलीय बैठकले विवाद समाधान भएपछि मात्र प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्