काठमाडौँ । प्युठानमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेस उम्मेदवार डा. गोविन्द पोखरेलले १ हजार ९८४ मतसहित अग्रता कायम गरेका छन् ।
उनलाई रास्वपाका उम्मेदवार सुशान्त वैदिकले १ हजार ४०५ मतसहित पछ्याइरहेका छन् ।
राष्ट्रिय जनमोर्चा उम्मेदवार तिलक जिसीले ४३९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार सूर्य थापाले ३६४ मत पाएर चौथो स्थानमा छन् भने कृष्णध्वज खड्काले ३६३ मत पाएका छन् । थापा २०७९ सालमा प्युठानबाट विजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्