काठमाडौँ। स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना प्रक्रिया सुरू गरिएको छ।
स्याङ्जा जिल्ला निर्वाचन कार्यालयले सर्वदलीय बैठकपछि मतगणना सुरू गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगको निर्देशनअनुसार बोलाइएको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भई मतपत्र गणनाको प्रक्रिया, सुरक्षा व्यवस्था तथा सम्भावित विवाद समाधानका विषयमा छलफल गरेका थिए।
यसअघि वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १७१ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषय उठेपछि मतगणना प्रक्रिया रोकिएको थियो। उक्त विषयमा छलफल गरी सहमति जुटाइएपछि आज दिउँसोदेखि मतगणना सुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्