इलाम २ मा एमालेका सुहाङ नेम्वाङको अग्रता


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा जारी प्रारम्भिक मतगणनाको परिणामले नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्मको तथ्याङ्क अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४९१ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्, भने श्रम संस्कृति पार्टीका सुदिप राईले ४४३ मत पाएका छन्।

यसैबीच, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन् भने रास्वपाका गोकुल राईले १७१ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन्।