एक सिटमा विजयी भएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ९४ सिटमा अग्रता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९४ सिटमा अग्रता लिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १ मा विजयी भइसकेको रास्वपाले अन्य ९४ सिटमा अग्रता कायम गरेको हो ।

निर्वाचन आयोगको साढे ४ बजेसम्मको तथ्याङ्कअनुसार रास्वपा ९४ सिटमा अगाडि छ ।

एक सिटमा जित निकालेको कांग्रेस १० सिटमा अगाडि छ । यस्तै एमाले १० सिट र नेकपा ८ सिटमा अगाडि छन् ।