काठमाडौँ क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल विजयी


काठमाडौँ । क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।

खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

खनालका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत पाएका छन् । खनाल यसअघि पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।