काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन् ।
सर्लाही ४ मा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
२०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा लगातार तीन पटक निर्वाचित भएका थिए ।
चुनावको मुखैमा विशेष महाधिवेशनबाट पार्टी सभापति बनेका थापाको यो पहिलो हार हो ।


प्रतिक्रिया दिनुहोस्