हर्मुजको जलडमरूम बन्द भएपछि कुवेतले तेल उत्पादन कटौती गरेको हो ।
इरानको खतराका कारण ट्याङ्करहरूले फारसी खाडीमा ट्रान्जिट गर्न नसक्ने भएपछि कुवेतले तेल उत्पादन र प्रशोधन उत्पादनमा कटौती गरेको जनाएको छ ।
प्रति दिन कति ब्यारेल कटौती गरेको भनेर बताइएको छैन । तर उत्पादन कटौतीलाई लिएर परिस्थिति विकसित हुँदै जाँदा समीक्षा गरिने जनाइएको छ ।
कुवेत ओपेकमा पाँचौं ठूलो तेल उत्पादक हो । यसले जनवरीमा प्रति दिन लगभग २६ लाख ब्यारेल उत्पादन गरेको थियो ।
सरकारी स्वामित्वमा रहेको कुवेत पेट्रोलियम कर्पोरेशनले परिस्थिति अनुसार उत्पादन स्तर पुनस्र्थापित गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ ।
इरान युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो अवरोध निम्त्याएपछि यस हप्ता तेलको मूल्य लगभग ३५ प्रतिशतले े बढेको छ ।
ट्याङ्करहरूले महत्वपूर्ण स्ट्रेट अफ हर्मुजमा ट्रान्जिट गर्न बन्द गरेका छन् । इरानले आक्रमण गर्ने डरले जहाज मालिकहरूले आफ्ना जहाजहरूबाट ढुवानी नगर्ने बताएका हुन् । ।
कुवेत जस्ता खाडी अरब तेल उत्पादकहरूले स्ट्रेट मार्फत निर्यात गर्छन् । यो साँघुरो जलमार्ग फारसी खाडीमा प्रवेश गर्ने वा बाहिर निस्कने एक मात्र तरिका हो । विश्वव्यापी तेल खपतको लगभग २० प्रतिशत स्ट्रेट मार्फत निर्यात गरिन्छ ।
ट्याङ्करहरू नचलेपछि मध्यपूर्वमा तेल ब्यारेलहरू थुप्रिएका छन् । ब्यारेल भण्डारण गर्न ठाउँ सकिएपछि खाडी अरब देशहरू उत्पादन घटाउन बाध्य छन् । इराकी अधिकारीहरूले मंगलबार रोयटर्सलाई बताए अनुसार भण्डारण अभावका कारण इराकले पहिले नै प्रति दिन १.५ मिलियन ब्यारेल कटौती गरिसकेको छ ।
यदि अमेरिका–इरान युद्ध तीन हप्ताभन्दा बढी समयसम्म रह्यो भने खाडी अरब देशहरूले भण्डारण क्षमता समाप्त गर्नेछन् र तेल उत्पादन बन्द गर्ने जनाइएको छ । यसले विश्वव्यापी बेन्चमार्क ब्रेन्ट तेलको मूल्य प्रति ब्यारेल ४१०० भन्दा माथि बढाउने उल्लेख गरिएको छ ।
इरान युद्धले विश्वको प्राकृतिक ग्यास आपूर्तिमा पनि बाधा पु¥याएको छ । इरानको आक्रमणका कारण कतारले सोमबार तरल प्राकृतिक ग्यास उत्पादन बन्द गर्यो । विश्वको लगभग २० प्रतिशत एलएनजी निर्यात कतारबाट हुन्छ ।


प्रतिक्रिया दिनुहोस्