रास्वपाले समानुपातिकतर्फ पनि कटायो १९ लाख मत


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले स्पष्ट अग्रता कायम राखेको छ।

निर्वाचन आयोग नेपालका अनुसार देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्ट भएका विवरणअनुसार हालसम्म ३६ लाख ३२ हजार ०७५ मत गणना भइसकेको छ, जसमा रास्वपाले झण्डै आधा मत प्राप्त गरेको देखिएको छ।

हालसम्मको गणनाअनुसार रास्वपाले १९ लाख ४६ हजार ३ सय ५८ मत प्राप्त गर्दै पहिलो स्थानमा मजबुत स्थिति बनाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ लाख ६४ हजार ४ सय ७८ मत पाएको छ भने तेस्रो स्थानमा नेकपा (एमाले) ले ५ लाख ५९ हजार ९८ मत प्राप्त गरेको छ।

यसैगरी चौथो स्थानमा नेपाल कम्युनिष्ट पार्टीले २ लाख ६४ हजार ५३८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ४२ हजार २४८ मतसहित पाँचौं स्थानमा रहेको छ। श्रम संस्कृति पार्टीले ८४ हजार २६२ मत प्राप्त गर्दै छैटौं स्थानमा स्थान बनाएको छ।