काठमाडौं । सोमबार सेयर बजार दोस्रो पटक मार्केट हल्ट भएको छ । सोमबार विहान कारोबार सुरु हुँदा एक मिनेटमा ४ प्रतिशत बढेर मार्केट हल्ट भएको थियो । दोस्रो पटक कारोबार खुल्ने वित्तिकै ५ प्रतिशत बढेर नेप्से हल्ट भएको हो । दोस्रो पटक सुरु भएको कारोबार ५ प्रतिशत बढेर रोकिएको हो ।
नेप्से परिसूचक १३५.७२ अंकले बढेर २८४८.२२ बिन्दुमा पुगेको छ ।
कारोबार खुल्नसाथ नेप्से चार प्रतिशतले बढेसँगै २० मिनेटका लागि कारोबार बन्द भएको नेप्से दोस्रो पटक पनि खुलेर ४० मिनेटको लागि बन्द भएको हो ।
कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ ।
कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्