गोरखा १ मा रास्वपाका सुधन गुरुङ निर्वाचित


काठमाडौँ । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेुका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे ।

नेकपाका हरिराज अधिकारी तेस्रो र एमालेका रामचन्द्र लामिछाने चौथो स्थानमा रहेका छन्।

तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरे भने चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।